जलपाईगुडी: सीआईबीले लाखौं रुपियाँको रेल टिकटसहित दुई दलाललाई पक्राउ गरेको छ। एपीडीजे, इन्स्पेक्टर आदित्य कुमार मीनाको नेतृत्वमा सीआईबीको टोलीले एएसआई अजित सरकार, कन्स्टेबल जितेन्द्र कुमार र चमन सिंहले धुपगढी रेलवे स्टेशन पीआरएसमा छापा मारे। छापा मार्ने क्रममा २१ वर्षीय मिन्टु आलोम र ३४ वर्षीय माणिक शर्मा नामका दुई टिकट दलाल पक्राउ परेका छन्। उनीहरुको साथबाट दुई वटा तत्काल टिकट र १३ ई–टिकट बरामद भएको छ। कोकराझारदेखि तिरुवनन्तपुरमसम्मको ०२ वटा टिकट र रु ९८,८२९/-को अन्य १३ थान पीआरएस/ई-टिकटहरू, जसको बजार मूल्य करिब लाखौं रहेको छl दुवै आरोपीलाई धुपगढीबाट पक्राउ गरिएको छ टिकट काउन्टर दुई वर्षदेखि अवैध टिकट ब्रोकरेजमा संलग्न रहेको आरोप छ। पक्राउ परेका दुवै जनालाई कानुनी कारबाहीका लागि आरपीएफ जलपाईगढी रोडका इन्स्पेक्टरलाई सुम्पिएको छ। अलिपुरद्वार जंक्शनमा आरपीएफ र सीआईबीद्वारा यस्तो छापा जारी रहने जानकारी दिइएको छ।








