नयाँ दिल्ली: भारतीय महिला क्रिकेट टीमकी स्टार ब्याटर स्मृति मन्धनाले एशिया कप २०२४ अघि आफ्नो मानसिकता र जोखिम-गणनाको दृष्टिकोणबारे खुलेर कुरा गरेकी छन्। मन्धनाले बताएअनुसार, उनलाई टी२०आई-मा सरल दृष्टिकोण राख्नु मन पर्छ अनि यही उनको सफलताको फर्मूला हो। भारतीय टीमले आउँदो महिला एशिया कप २०२४-मा हिस्सा लिनेछ। टुर्नामेण्टको शुरुवात १९ जुलाईदेखि हुनेछ अनि पहिलो दिन नै भारत र पाकिस्तानबीच भिड़न्त हुनेछ। गत विजेता भारत यसपाली पनि टुर्नामेण्टमा खिताब जित्ने प्रबल दावेदारको रूपमा ओर्लिनेछ। मन्धनाले भनिन्, मेरो मानसिकता बलको खूबीहरू अनुसार खेल्नु हो। म्याचमा कहिले-काहीँ पहिला ब्याटिंग गरेर लक्ष्य तय गर्नु पर्छ या फेरि तय भएको लक्ष्यलाई पछिबाट ब्याटिंग गरेर हासिल गर्नु पर्छ। तपाईंको अघि लक्ष्य रहँदा जोखिमको गणना गर्न सकिन्छ अनि त्यही अनुसार खेल्नु सकिन्छ। यसरी पहिला ब्याटिंग गर्नु चाहिँ सामान्य जोखिमपूर्ण रहन्छ कारण कतिको स्कोर पर्याप्त हुनेछ भन्ने तपाईंलाई थाहा हुँदैन। जे भए पनि यसलाई जटिल बनाउनु हुँदैन अनि बललाई खूबीहरूको हिसाबले खेल्नु पर्छ। ब्याटिंग गर्दा स्पष्ट मानसिकताको साथ खेल्नु जरूरी हुन्छ। मलाई त यस्तै लाग्छ।
महिला टी२० अन्तर्राष्ट्रियमा पाकिस्तानविरुद्ध मन्धनाको असल रेकर्ड रहेको छ। उनले यस प्रतिद्वन्द्वीविरुद्ध ८ वटा म्याचमा २६.७१-को औसतले १८७ रन बनाएकी छन्। यसमा उनको सर्वोच्च स्कोर अविजित ६३ रन रहेको छ, जुन उनले जुलाई २०२२-मा बर्मिंघम कमनवेल्थ गेम्समा बनाएकी थिइन्। मन्धनाले हालै दक्षिण अफ्रिकाविरुद्ध होम सीरीजमा असाधारण ब्याटिंग गरेकी थिइन् अनि यस लयले उनलाई एशिया कपमा अवश्यै फाइदा हुनेछ। वर्तमान लयले उनलाई पर्याप्त आत्मविश्वास प्रदान गर्नेछ। वास्तवमा भारतको महिला टी२०आई-मा पाकिस्तानविरुद्ध असाधारण रेकर्ड रहेको छ। भारतले पाकिस्तानविरुद्ध १४ वटा म्याचमा ११ वटा जितेको छ। भारत अहिलेसम्म भएको एशिया कपको ८ वटा संस्करणमा ७ पल्ट च्याम्पियन बनिसकेको छ।
एशिया कपको निम्ति भारतीय महिला टीमः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), शेफाली वर्मा, दीप्ति शर्मा, जेमिमा रोड्रिग्स, रिचा घोष (विकेटकीपर), उमा छेत्री (विकेटकीपर), पूजा वस्त्रकार, अरुन्धति रेड्डी, रेणुका सिंह ठाकुर, दयालन हेमलता, आशा शोभना, राधा यादव, श्रेयंका पाटिल, सजाना सजीवन।









