सोरेंगमा ७८औं इण्डिपेण्डेन्स डे ओपन इन्भिटेशनल फूटबल टुर्नामेण्ट ३० जुलाईदेखि

IMG-20240718-WA0119

सोरेंग: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)-को कुशल मार्गदर्शनमा सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजन गरिने ७८औं इण्डिपेण्डेन्स डे ओपन इन्भिटेशनल फूटबल टुर्नामेण्ट ३० जुलाईदेखि शुरु हुनेछ। आयोजकहरूले टुर्नामेण्टको आधिकारिक ड्र जारी गरेका छन्। टुर्नामेण्टमा सिक्किमको प्रत्येक जिल्लाबाट अग्रणी टीमहरूले हिस्सा लिनेछ। यसको साथमा उत्तर बंगालका नामी-दामी टीमहरूलाई पनि टुर्नामेण्टमा आमन्त्रित गरिएको छ। आउँदो ३० जुलाईमा हुने टुर्नामेण्टको उद्घाटन म्याचमा आक्रमण फूटबल क्लब र मानेभञ्ज्यांग फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको आयोजक सिंगलिंग स्पोर्टिंग क्लब प्रतिष्ठित सिक्किम प्रीमियर लीगको विजेता हो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल म्याच १५ अगस्तमा हुनेछ। पावर स्टेशन माथि जौबारी स्टेडियम, सोरेंगमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी प्रत्येक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्लेयर अव् द टुर्नामेण्टलाई रोयल एनफील्ड हण्टर ३५० बाइक प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement