गोलीटार फुटबल टुर्नामेन्टः पाण्डाम फुटबल एकाडेमी र टीकालाल निरौला स्कूलमाझ फाइनलमा भिड़न्त

IMG-20220814-WA0177.jpg

सिङ्ताम: स्व. महेश्र्वर मिश्र अन्तर विद्यालय फुटबल टुर्नामेन्ट गोलीटार खेल मैदानमा दोस्रो दिनको सेमीफाइनल टीकालाल निरौला उच्चत्तर माध्यमिक पाठशाला पाण्डाम र छुजाचेन स्कूल रंगेलीबीच सम्पन्न भयो। यस म्याचमा ३ गोल लगाएर टीकालाल निरौला स्कूल विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ। यस अवसरमा एन्टी करप्शन फाउन्डेशन सिक्किम राज्यका अध्यक्ष सीके ढकाल मुख्य अतिथिको रुपमा उपस्थित थिए। यस सेमीङ्फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत टीकालाल निरौला स्कूलका खेलाड़ी जर्सी ८ आयुष मंगरलाई म्यान अफ द म्याचको ट्रङ्गी प्रदान गरियो। यसै दिन स्व. फूलमाया प्रधान खुल्ला पुरुष फूटबल टुर्नामेन्टको दोस्रो सेमीफाइनल म्याच पाण्डाम फुटबल एकाडेमी बनाम सुमिन एफसीबीच सम्पन्न भयो। सिक्किम विधानसभा अध्यक्ष एलबी दासकी धर्मपत्नी संगीता दास मुख्य अतिथिको रुपमा उपस्थित थिइन। यस म्याचमा पाण्डाम फुटबल एकाडेमीले ० को बिरुद्ध ५ गोल लगाएर शानदार जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ।

विजयी दल पीएफएका खेलाड़ी जर्सी १३ संजोक महर्जनलाई म्यान अङ्ग द म्याच चयनित गर्दै ट्रफी प्रदान गरियो। स्मरणरहोस, भोलि १५ अगस्त, देशको ७५औं स्वतन्त्रता दिवसको शुभावसरमा स्व. फूलमाया प्रधान स्मारक ङ्गुटबल टुर्नामेन्टको फाइनल छुजाचेन स्पोर्टस्‌ एकाडेमी र पाण्डाम फुटबल एकाडेमी मॉंझ सम्पन्न हुनेछ भने स्व. महेश्र्वर मिश्र अन्तर विद्यालय स्मारक फुटबल टुर्नामेन्टको फाइनल सिरवानी हाई स्कूल अनि टीकालाल निरौला उच्चत्तर माध्यमिक पाठशाला बीच सम्पन्न गरिने छ। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रुपमा उपस्थित हुनेछन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *