कोलम्बो: श्रीलंकाका पूर्व अण्डर-१९ कप्तान धम्मिका निरोशनको निर्मम हत्या गरियो। यस ४१ वर्षीय खेलाड़ीलाई अम्बालान्गोडामा उनको घर बाहिर एकजना अज्ञात व्यक्तिले गोली हानेर हत्या गरे। श्रीलंकाई पुलिसले हमला गर्ने व्यक्तिलाई पक्राउ गर्न जाँच शुरु गरेको छ। साल २००४-मा खेलको सबै प्रारूपबाट सन्न्यास लिन अघि उनको क्रिकेट करियर असाधारण रहेको थियो। एकजना पेस बलिंग अलराउण्डरको रूपमा ख्याति अर्जन गर्ने निरोशनले २०००-मा श्रीलंकाको अण्डर-१९ टीमबाट पदार्पण गरेका थिए अनि २००२-मा केही समयको निम्ति कप्तानी पनि गरेका थिए। उनलाई सीनियर राष्ट्रिय टीममा चाहिँ चयन गरिएन। यसबीच निरोशनले अण्डर-१९ स्तर र श्रीलंकाको घरेलु क्रिकेटमा एजेलो म्याथ्यूज, उपुल थरंगा र फरवीज महारुफ जस्ता दिग्गजहरूसँग खेलेका थिए। उनले आफ्नो करियरको अवधि चिलाव मेरिएन्स सीसी र गाल सीसी जस्ता टीमहरूको प्रतिनिधित्व गरेका थिए। पुलिसले अहिलेसम्म आरोपीलाई पक्राउ गर्न सकेको छैन।