ओपनर जयसवाल टी२० ऱ्याङकिंगको छैटौं स्थानमा

IMG-20240717-WA0272

दुबई: मिस्टर ३६० डिग्री-को नामले चिनिने सूर्यकुमार यादवले बुधवार जारी आईसीसी टी२० अन्तर्राष्ट्रिय ब्याटरहरूका ऱ्याङकिंगमा दोस्रो स्थान कायम राखेका छन्। यसबीच युवा ओपनिंग ब्याटर यशस्वी जयसवाल चाहिँ छैटौं स्थानमा पुगेका छन् । रुतुराज गायकवाड़ टी२० ब्याटरहरूका सूचीमा एक स्थानको नोक्सान सहित आठौं स्थानमा पुगेका छन्। जिम्बाब्वेविरुद्ध सीरीजमा भारतको ४-१-ले जीतपछि ऱ्याङकिंगलाई जारी गरिएको छ। अष्ट्रेलियाका स्टार ओपनर ट्रेविस हेड शीर्ष स्थानमा कायम छन्। जिम्बाब्वेमा भारतीय टीमको अगुवाई गर्ने शुभमन गिल ३७औं स्थानमा पुगेका छन्। उनी ३६ स्थान अघि बढ़ेका छन्। टी२० अन्तर्राष्ट्रिय बलरहरूका ऱ्याङकिंगमा चौहिँ भारतका कोही शीर्ष १०-मा छैनन्। जिम्बाब्वेविरुद्ध सीरीजमा हिस्सा नलिने अक्षर पटेल चार स्थान चिप्लिएर १३औं स्थानमा पुगेका छन्। पेस बलर मुकेश कुमार र वाशिंगटन सुन्दरको ऱ्याङकिंगमा सुधार आएको छ । तीनवटा म्याचमा ८ विकेट हासिल गर्ने मुकेश ३६ स्थानको फाइदासहित ४६औं अनि ५ वटा म्याचमा ८ विकेट हासिल गर्ने सुन्दर ७३औं स्थानमा पुगेका छन्। ईग्ल्याण्डका अनुभवी स्पिनर आदिल राशिद टी२० अन्तर्राष्ट्रिय बलरहरूका सूचीमा शीर्ष स्थानमा कायम छन्। दक्षिण अफ्रिकाका पेसर एनरिक नोर्खिया दोस्रो र श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा तेस्रो स्थानमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement