श्रीलंका यात्रामा सूर्यकुमार नयाँ टी२० कप्तान बन्ने

IMG-20240717-WA0271

नयाँ दिल्ली: सूर्यकुमार यादवलाई श्रीलंका यात्राको निम्ति भारतीय टी२० अन्तर्राष्ट्रिय टीमको नयाँ कप्तान नियुक्त गरिने लगभग तय छ। यसरी अलराउण्डर हार्दिक पाण्डयाले कप्तानी हासिल गर्न अझ केही समय प्रतीक्षा गर्नु पर्नेछ। सूर्यकुमारले टीममा रोहित शर्माको स्थान लिनेछन्, जसले गत महिना टी२० वर्ल्ड कपको खिताब जितेपछि विराट कोहली र रविन्द्र जडेजाको साथ यस प्रारूपबाट सन्न्यास लिएका थिए। टी२० वर्ल्ड कपमा हार्दिकले उपकप्तानको भूमिका निर्वाह गरेका थिए। उनलाई कप्तानीको अनुभव पनि रहेको छ। हार्दिकले आईपीएल-मा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सको साथमा तीनवटा वनडे र १६ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा भारतको कप्तानी गरेका छन्। यति सब भएर पनि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सूर्यकुमारलाई कप्तान बनाउने विकल्प चयन गरेको छ। बोर्ड सूत्रबाट थाहालागे अनुसार, टीमको निम्ति दीर्घकालीन योजनाअन्तर्गत यस्तो फसेला लिइएको छ। हार्दिकलाई बारम्बार चोटले सताएको छ अनि उनले गत केही सालमा अधिक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। आउँदो टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर चयन समिति यस्ता एकजना खेलाड़ीलाई नियुक्त गर्न चाहन्थ्यो जो लामो समयसम्म उपलब्ध रहन सक्छन्। यसरी श्रीलंकामा भारतीय टीम नयाँ कप्तान र प्रशिक्षक (गौतम गम्भीर) को साथ खेल्न ओर्लिने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement