नाम्ची: नाम्चीमा आज दुई दिनव्यापी राँके मेलाकाे समापन कार्यक्रम सम्पन्न भयाे। कार्यक्रमकाे आयाेजना नाम्ची जिल्ला प्रसाशन केन्द्रकाे सहयाेगमा राँके मेला आयाेजक समितिले गरेकाे थियो।
आजकाे कार्यक्रममा सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि रहेकी थिइन्।
कार्यक्रममा सम्बाेधन गर्दै उपाध्यक्ष थापाले कुनै पनि पर्वले एउटा औचित्य र महत्त्व बाेकेकाे हुँदा यसलाई मनाेरञ्जनकाे रूपमा मात्र नलिनु पर्ने सुझाउ राखिन्। राँके मेलालाई पर्यटनसँग पनि जाेडेर पालन गर्न सकिने बताउँदै उनले यसकाे लागि नाम्चीकाे राँके मेलाकाे दस्ताबेजीकरण गर्न जरूरी रहेकाे उल्लेख गरिन्।
दस्ताबेजीकरण कार्यमा गर्न आफूले गर्न सक्ने सहयाेग गर्ने उनले बताइन्। भाषा, संस्कृति र परम्परा कुनै पनि जातिकाे परम्परा रहेकाे अवगत गराउँदै उनले जीवनलाई अघि बढाउन विज्ञान र आध्यात्मलाई साथमा लिएर हिड्नु पर्ने कुरामा जाेर दिइन्।
कार्यक्रममा नाम्ची नगर परिषदका पूर्व अध्यक्ष बुद्ध तामाङले नाम्चीकाे राँके मेलाकाे ऐतिहासिक पृष्ठभूमि आदि विषय जानकारी गराएका थिए। कार्यक्रममा धावक प्रिमुश भाेटियाले युवाहरूकाे लागि उत्प्रेणात्मक कुराहरू राखेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य, ग्रामिण खेलकुद आदि पनि भएकाे थियाे।
यस अवसरमा पूर्व विधायक फर्वन्ती तामाङ, जिल्लापाल अनुपा तामलिङ, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम आदिकाे पनि उपस्थिति रहेकाे थियाे।
								



								

															
                    



