आगलागी एउटा घर खरानीमा परिणत

IMG-20240717-WA0267

गान्तोक: भारत नेपाल सिमाना नजिक अवस्थित उत्तरेमा आगलागी हुँदा स्थानीय बाल कुमार पान्धकको घर खरानी भएको छ। घट्ना आज बिहान करिब ९ बजीको बताइएको छ। आगलागी यति भीषण थियो कि घरभित्र राखिएका कुनै पनि सरसामान निकाल्न सकिएन। जसमा आवश्यक दस्तावेजहरू पनि रहेको छ। स्थानीयले करिब २ घण्टा लगाएर आगोलाई निभाएका थिए। तर, त्यतिबेलासम्म सबै नै जलेर भष्म भइसकेको थियो। भाग्यवश आगलागीमा कसैको ज्यानको भने क्षति भएन।

आगलागीको कारण बारे अहिले नै केही भन्न नसकिए पनि प्रारम्भिक जाँचमा इलेक्ट्रिक सट सर्किटको कारण आगलागि भएको हुनसक्ने अनुमान लगाइएको छ। आगलागीको घट्ना बारे जानकारी पाएपछि स्थानीय जिल्ला पञ्चायत केएम सुब्बाको साथमा पर्यटन विकास सङ्घ देन्तामका महासचिव एमबी लिम्बूले घट्नास्थजिलमा पुगेर पीड़ित परिवारसँग कुराकानी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement