नेपालमा पर्यटकलाई जाँचको नाममा कुनै समस्या नहुने

00-1-Nepal

भैरहवा (नेपाल): नेपाल घुम्न जाने पर्यटकका लागि राहतको खबर छ। अब उनीहरूले विभिन्न ठाउँमा चेकजाँच गर्ने चिन्ता लिनु पर्दैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल–भारत सीमा नाका बेलहियामा एकीकृत सेवा शरु भएको छ। जहाँ नेपाल पुलिस, ट्राफिक, सशस्त्र पुलिस  र भन्सारका कर्मचारीलाई सुरक्षा र अन्य सबै प्रकारको जाँचका लागि एकै ठाउँमा राखिएको छ। यसले रुपन्देही जिल्ला प्रवेश गर्ने पर्यटकको चेकजाँचका क्रममा सुरक्षाकर्मीलाई हुने समस्या हट्ने विश्वास गरिएको छ। नेपालमा पर्यटकीय वातावरण तयार हुनेछ। यसअघि पनि परीक्षणको नाममा धेरै ठाउँमा पर्यटकले समस्या भोग्नुपरेको थियो। बेलहिया नाकामा स्थायी जनपरीक्षण केन्द्र खोलिएको छ। जसले गर्दा नेपाल आउने पर्यटकलाई कुनै समस्या नहोस् भन्ने उद्देश्य। विशेषगरी भारतलगायत अन्य मुलुकबाट सवारीसाधनमा नेपाल आउने पर्यटकका लागि यो सेवा शुरु गरिएको प्रशासनले जनाएको छ। खोलिएको चेक प्वाइन्टमा चेकजाँच गरेपछि जिल्लाभरका सवारीसाधन चेकजाँच गरिने छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement