नर्सिङ  होम बन्द हुँदा सयौं बेरोजगार

IMG-20240717-WA0234

सिलगढी: नर्सिङ  होम बन्द हुँदा सयौं बेरोजगार बनेका छन्। तीमध्ये अधिकांश आर्थिक रुपमा कम्जोर परिवारका छन्। तीमध्ये धेरैको परिवारको आयस्रोत यही मात्रै हो। एक्कासी बेरोजगार बनेपछि सबै समस्यामा परेका छन्। उनीहरुलाई थाहा छैन के गर्ने, कसरी परिवार पाल्ने। सिलगढी एसएफ रोडमा रहेको एक नर्सिङ  होमका कर्मचारी बुधवारदेखि बेरोजगार भए। कोही १० वर्ष, कोही १५, कोही २० वर्ष। यद्यपी अधिकारीले उनलाई किन निष्कासन गरेको भन्ने खुलाएका छैनन्। एसएफ रोडमा एक प्रतिष्ठित न्यूरोसर्जनको नर्सिङ  होम छ। ती कर्मचारीहरू त्यहाँ काम गरिरहेका थिए। तर, फुलबारीमा अर्कै नाममा नर्सिङ होम खोलिए पनि ती वृद्धले त्यहाँ ठाउँ पाउन सकेका छैनन्। अधिकारीहरूले लगभग सबैलाई बर्खास्त गरी नयाँ कर्मचारीहरू नियुक्त गर्ने निर्णय गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement