पाँच लाख रुपियाँको जाली नोटको साथमा एक व्यक्ति गिरफ्तार

IMG-20240717-WA0155

मालदा: ५ लाख रुपियाँको नक्कली नोटको साथमा एक व्यक्ति गिरफ्तार भएको छ। गिरफ्तार भएको आरोपीको नाम फिरोज आलम शेख हो। उनी मालदाकाे कालियाचकको बासिन्दा हुन्। जानकारीको अनुसार राष्ट्रिय राजमार्ग १९ को नजिकमा रहेको एउटा होटलमा उनी खाना खान आएको थियो। आरोपीको साथमा अन्य केही व्यक्तिहरू पनि थिए। योजनाबद्ध तरिकाले कांकसार थानाको पुलिसको साथमा मिलेर फिरोज आलम सेखलाई ५ लाख रुपियाँको साथमा गिरफ्तार गरियो। पुलिसको अनुसार फिरोज आलम सेखको साथमा अन्य केही व्यक्तिहरू पनि थिए। बंगलादेशबाट यी जाली नोट लिएर आसनसोल हुँदै बिहारमा सर्कुलेट गर्ने उनीहरूको योजना रहेको थियो। पुलिस यस मामलाको जाँचमा लागि परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement