मोहरमको दिन लाखौंको मदिरा बरामद

IMG-20240717-WA0243

सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर १ को कुलीपाडा इलाकामा रहेको एक घरबाट प्रधान नगर थानाको पुलिसले छापा मारेर लाखौं रुपियाँको अवैध मदिरा बरामद गरेको छ। उक्त घरमा लाखौं रुपियाँको अवैध मदिरा राखिएको गोप्य सूचना पुलिसलाई प्राप्त भएको बताइएको छ। त्यसपछि बुधबार दिउँसो पुलिसले कुलीपाडा क्षेत्रमा रहेको उक्त घरमा छापा मारे र घरबाट ठूलो परिमाणमा देशी विदेशी मदिरा बरामद गरे। यसैबीच पुलिसले कारवाही गरेको थाहा पाएर अभियुक्त भागेकाे पुलिसले बताएकाे छ। प्रधाननगर पुलिस थानाले थप कारवाही अघि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement