स्वतन्त्रता दिवस तयारीलाई लिएर सभा सम्पन्न

IMG-20240717-WA0262

सोरेङ: सोरेङमा आगामी ७८औँ स्वतन्त्रता दिवस मनाउने विषय लिएर तयारी सभा आज यहाँको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त सभा जिल्ला पञ्चायत अध्यक्ष तिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने मुख्यमन्त्रीका पूर्व प्रेस सल्लाहकार सीपी शर्मा पूर्व सल्लाहकार, जिल्लापाल धिरज सुवेदी, पुलिस अधीक्षक नहकुल प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सम्बोधनको क्रममा जिल्लापाल धिरज सुवेदीले २१०औं भानु जयन्ती कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्नमा सहयोग पुर्‍याउने सबै सरोकारवालाहरूको प्रयासको प्रशंसा गर्दै र आगामी ७८औं स्वतन्त्रता दिवस समारोहको आयोजनामा पनि उनीहरूबाट उत्तिकै उत्साहजनक सहभागिताको अपेक्षा गरेको बताए। उनले यस वर्ष जिल्ला प्रशासनले विभिन्न कार्यक्रमहरु जस्तै नशा मुक्त भारत अभियान, जनचेतना फैलाउन बाइक राइड, सरसफाइ अभियान, हालै देश र राज्यमा शुरु गरिएको ‘एउटा रुख आमाको नाम’ अन्तर्गत विरूवा रोपन अभियानलाई पनि कार्यान्वयन गर्न सबैलाई अपील गरेका छन्। उनले यस वर्ष पनि सोरेङ जिल्लाका सबै सरकारी कर्मचारीका लागि ‘रन फर फन’ कार्यक्रमअन्तर्गत म्याराथन आयोजना गर्ने जानकारी दिँदै सबै कार्यक्रममा स्वेच्छिक रपमा सहभागी हुन सबैलाई आग्रह गरे।

सभामा आगामी स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै निमन्त्रणा तथा स्वागत, खाना तथा पेय पदार्थ, मञ्च व्यवस्थापन, प्रचारप्रसार, बैठक व्यवस्था, शान्ति सुरक्षा, सार्वजनिक सुरक्षा, खानेपानी तथा सरसफाइलगायत विभिन्न जिम्मेवारी वहन गर्न व्यक्तिगत उपसमिति गठन गरी छलफल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement