गान्तोक: सोरेङ जिल्ला प्रशासन केन्द्रको पहलमा आज जिल्ला प्रशानिक केन्द्र परिसरम सोरेङ जिल्लाका जिल्लापाल धिराज सुवेदीको उपस्थितिमा सर सफाई कार्यक्रम आयोजना गरियो। यस अवसरमा पुलिस अधिक्षक नहकूल प्रधान, अतिरिक्त जिल्लापाल डीएर विष्ट, महकुमा अधिकारी मुख्यालय गिदेन लेप्चा लगायत अन्य अधिकारीले पनि सहभागिता जनाएका थिए। जिल्लापाल सुवेदीले सबै अधिकारीहरूलाई कार्यालयलाई पनि आफ्नो घर जस्तै सोचेर काम गर्नु पर्ने र यसको सर सफाई माथि ध्यान दिनुपर्ने आग्रह गरे। उनले थप जानकारी गराए अनुसार “एक पेड मा के नाम” कार्यक्रम केन्द्र सरकारको वन्य मन्त्रालयले यस महिनाको २४ जुलाईदेखि शुरू गर्ने घोषणा गरेको र यस अवसरमा सहभागीहरूले आफ्न आमाको स्मरणमा विरूवा रोप्न सक्ने जानकारी गराए। सोही प्रकारले जिल्ला प्रशासनिक केन्द्रले आगामी ३ अगस्तको दिन नशा मुक्त सिक्किम अभियान अन्तर्गत रन फर फन आयोजना गरिने पनि जानकारी गराएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




