गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज पूर्व मन्त्री आरसी पौड्याललाई अन्तिम श्रद्धाजली अर्पण। पौड्यालको निजी निवास छोटा सिङताममा पुगेर उनले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नको साथै अन्तिम संस्कारमा पनि सहभागी बने। यस अवसरमा राज्य सरकारको मन्त्रीमण्डलका सद्स्य, विधायक, पूर्व विधायाक, पूर्व मन्त्री लगायत हजारौ मानिसहरूले आज उनलाई अन्तिम विदाइ दिए। उल्लेखनीय छ, पौड्याल गत ७ जुलाईदेखि घरबाट हिँडेको र धेरै दिनसम्म पनि उनी सम्पर्कमा आउने सकेका थिएनन्। तर हिजो उनको शव बंग्लादेशको सीमानामा देखेपछि चिन्हित गर्नको निम्ति परिवारहरूलाई बंगलादेश पुलिसले बोलाएको थियो। यस अवसरमा राज्यका पुलिस दल लगायत अन्य अधिकारीहरू पनि पुगेका थिए। अन्ततः उनले लगाएको घडीबाट शव चिन्हित गरेपछि केही औपचारिकता पूरा गर्दै उनको शव हिजो पैतृक थलो सिक्किम ल्याइयो भने आज उनको अन्तिम संस्कार रानीपुलमा गरियो। उल्लेखनीय छ, छोग्यालको समयमा समेत आरक्षण फर्मुलालाई हटाउने सम्बन्धमा प्रखररूपमा माग गर्ने पौड्याल १०७५ को चुनावमा लोसिङ-पाचेखानी निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए। १९७५ देखि ७७ सम्म उनी सिक्किम विधानसभाको उपाध्यक्ष पदमा रहे, पछि १९७९ सम्म मन्त्री पदमा रहेर जिम्मेवारी वहन गरेका थिए। झुल्के घाम पार्टीका संस्थापक अध्यक्षको रूपमा परिचित पौड्यालले १९७३ मा सिक्किममा भएको तत्कालीन प्रजातान्त्रिक आन्दोलनमा अंशग्रहण गर्दै सात दिनसम्म उपवास बसेका थिए, जुन उपवासले आन्दोलनका लागि मानिसहरूलाई संगठित गर्नमा ठूलो सहयोग पुगेको थियो।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




