भारतलाई विश्वकै महाशक्ति एवं विश्वगुरूको रूपमा स्थापित गर्न घरेड़ी तयार भइसकेको छः डीबी चौहान

DB-Chauhan-1511150688.jpg

गान्तोक: राष्ट्रको ७६औं स्वतन्त्रता दिवसको यस ऐतिहासिक अवसरमा भारतीय जनता पार्टी, सिक्किम एकाईको तर्फबाट पार्टी अध्यक्ष डीबी चौहानले सिक्किमलगायत सम्पूर्ण देशवासीप्रति शुभकामना व्यक्त गरेका छन्। उनले सन्देशमा उल्लेख गरेअनुसार आजभन्दा ७५ वर्ष अघि देशका महान स्वतन्त्रता सेनानीहरूको अथक संघर्ष अनि बलिदानको फलस्वरूप हाम्रो देश भारतले १५ अगस्त, १९४७ मा अंग्रेजको शासनबाट स्वतन्त्रता प्राप्त गरेका थिए भने आज हामी स्वतन्त्रताको ७५औं वर्षगाँठलाई आजादीको अमृत महोत्सवको रूपमा भव्य रूपमा मनाइरहेका छौं साथै यस पुनित अवसरमा ती महान स्वतन्त्रता सेनानी अनि वीर वीरंगनाहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। अध्यक्ष चौहानले देशको सीमाना अनि आन्तरिक रक्षामा खटिएका सम्पूर्ण सैनिक तथा सुरक्षा बलका योद्धाहरूप्रति नमन गरेका छन्।
देशले स्वतन्त्रतापछि ७५ वर्षको समयअवधि पार गरिसकेको छ भने सिक्किमले पनि भारतीय गणराज्यमा ४८ वर्षको प्रजातान्त्रिक यात्रा तय गरिसकेको छ। यस क्रममा राष्ट्रले धेरै उतार-चढ़ाउहरूबाट गुज्रिँदै विकास, उन्नति र प्रगतिका माइलखुट्टीहरू पार गर्दै आएको छ। स्वतन्त्रतापछि साढ़े सात दशकको लामो यात्रा तय गर्ने क्रममा धेरैवटा व्यवस्थाअन्तर्गत आफ्नो विकास यात्रा अघि बढ़ाउँदै आज हाम्रो देशले आगामी २५ वर्षको अमृतकालको निम्ति विकास तथा प्रगतिको एउटा नयाँ लक्ष्य तय गरेको छ। विगत आठ वर्षदेखि देशमा श्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले आउँदो २५ वर्षमा देशलाई विश्वकै महाशक्ति एवं विश्वगुरूको रूपमा स्थापित गर्ने दिशामा एउटा दूरदर्शी लक्ष्यको निम्ति घरेड़ी तयार गरिसकेको छ। भाजपा सरकारले विगत आठ वर्षमा अनेकौं आर्थिक, प्रशासनिक साथै सामरिक सुधारका कदमहरू उठाउनका देशको सुरक्षा र व्यवस्थामा क्यान्सरसरह बनेको जम्मु काश्मीरबाट धारा ३७० अनि ३५ए-को निरस्तीकरण, तीनतलाकविरोधी कानून, ऐतिहासिक राम मन्दिर मुद्दाको शान्तिपूर्ण समाधान गरेर देशलाई विकासको मुख्यधारामा स्थापित गर्दै आगामी वर्ष २०४७ सम्मको निम्ति एउटा लक्ष्य निर्धारित गरेको बताएका छन्।
आज हामी आजादीको अमृत महोत्सव मनाउँदै गर्दा हामीले आजादीको शतवार्षिकी मनाउँदा हाम्रो राष्ट्रलाई विश्वपटलमा कहाँ खड़ा गर्ने भन्ने विषयमा उतिकै चिन्तन गर्न, लक्ष्य निर्धारण गर्न साथै यसको निम्ति समग्र देशवासीले आ-आफ्नो स्तरबाट सहभागिता सुनिश्चित गर्ने दिशामा सोच्न आवश्यक छ। यसर्थ विशेष गरेर युवावर्गलाई यस अमृतकालमा राज्य तथा देशको समग्र विकास अनि प्रगतिमा भागीदार बन्नको निम्ति आफूलाई तयार पार्ने संकल्प गरौं भन्ने अपील गर्दछु। विगत ७५ वर्षको प्रगति र उन्नतिलाई निरन्तरता दिँदै भ्रष्टाचारमुक्त, नशाखोरमुक्त, भाईभतिजावादमुक्त एवं पारदर्शी व्यवस्था स्थापित गरेर देशलाई एउटा प्रगतिशील, सफल र समृद्ध महाशक्ति बनाउन सबैको योगदानको खाँचो छ रहेको उल्लेख गरेका छन्।
आजादीको अमृत महोत्सवको ऐतिहासिक अवसरमा उनले पार्टीको तर्फबाट सिक्किम अनि देशवासीप्रति शुभकामना व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *