अम्बटे चियाबारी अन्तर्गत पाँचघरे ग्राम सुधार वेलफेयर समितिको स्थापना दिवस पालन

IMG-20240717-WA0258

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारीको पाँचघरे ग्राम सुधार वेलफेयर समितिद्वारा उनसाठौं स्थापना दिवस पालन गरेको छ। उक्त स्थापना दिवसको अवसरमा बिहान गाउँका दुइ जलपादेवी अनि सिंहदेवी मन्दिरमा गाउँलेहरुले पूजा अर्चना गरेपछि गाउँस्थित सार्वजनिक भवनमा स्थापना दिवस समारोह अनि वार्षिक सभा सम्पन्न गरियो। समितिको अध्यक्ष तारा थापाको अध्यक्षतामा सम्पन्न समारोहमा समितिको सल्लाहकार दीपक कुमार थापा अनि सुदर्शन प्रधानले पनि सम्बोधन गरेका थिए भने गाउँका स-साना नानीहरूले नृत्यहरु प्रस्तुत गरेका थिए। यसै अवसरमा प्रोत्साहनस्वरुप यस वर्ष बोर्ड परीक्षामा उत्तीर्ण गर्ने तेह्रजना विद्यार्थीहरुलाई समितिको पक्षबाट बधाई शुभकामनासहित मायाको चिनो प्रदान गरियो भने दिवंगत आफान्तको पुण्य स्मृतिमा समितिलाई आवश्यक सामाग्रीहरु प्रदान गर्ने सदस्यहरु अम्बीर थापा अनि सन्तकुमार राणालाई आभारसहित चिनो प्रदान गरियो। सभामा समितिको मूल कोषाध्यक्ष सारिका राईले वार्षिक हर हिसाबको फाँटवारी राखिन् भने समारोहको सञ्चालन मूल सचिव देवकुमार थापाले गरेका थिए भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement