सुनसरीमा सुनको मुन्द्रा नदिँदा कुटपिटबाट बालकको मृत्यु

IMG-20240717-WA0213

झापा: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मृत्यु हुनेमा बराहक्षेत्र–३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन्। मंगलबार दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए। घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ।

About Author

Advertisement