दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा यूकेएफसी फूटबल एकाडमीले सजिलै प्री-क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा मंगलवार भएको म्याचमा यूकेएफसी फूटबल एकाडमीले अनमोल सेवेनलाई ३-०-ले पराजित गऱ्यो। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र रुस्तम प्रधान थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब सोमवार खेलिने म्याचमा गाड़ीधुरा र बुङकुलुंगबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।








