गान्तोक। हाल देशमा “आजादी का अमृत महोत्सव” अन्तर्गत देश स्वतन्त्रताको ७६औं वार्षिकोत्सव मनाउने क्रम चलिरहेको छ भने सिक्किममा पनि यो पर्व विविध कार्यक्रमहरूका साथ पालन गरिँदैछ।

यसै क्रममा आज तिब्बती सेटलमेन्ट कार्यलय गान्तोकमा पनि यो उत्सव पालन गरियो। कार्यक्रममा शहरी विकास विभागका मन्त्री अरूण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए। उनको साथमा सांसद टीपीआईई युडोन औकात्साङ,धर्मशाला अनि तिब्बती समुदायका सदस्यहरू पनि उपस्थित थिए।

मन्त्री अरूण उप्रेतीले देश स्वतन्त्रता भएको ७६ वर्षको स्मरणमा यो कार्यक्रम आयोजना गरेकोमा समारोह समितिलाई धन्यवाद दिए। साथै उनले यस कार्यक्रममा उपस्थित जनाउन पाउँदा खुशी महसुस गरेका थिए।