खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

IMG-20240717-WA0011

झापा: खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भोजपुरबाट दिक्तेल आउँदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टर साकेला गाउँपाालिका–१ बाँझे च्यानडाँडाास्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मध्याह्न साढे १२ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा बाँझे च्यानडाँडाका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक तत्काल फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रित्तो ट्याक्टर अनियन्त्रित भई सडकभन्दा करिब ३० मिटर तल झरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement