मियामी: वर्तमान विश्व च्याम्पियन अर्जेण्टिना फूटबल टीमका कप्तान लियोनल मेस्सीले आइतवार कोपा अमेरिका फूटबल टुर्नामेण्टको फाइनलमा कोलम्बियाविरुद्ध उनको टीमको १-० ले जीतको अवधि लागेको एड़ीको चोट चाँड़ै निको हुने आशा व्यक्त गरेका छन्। फ्लोरिडाको हार्ड रक स्टेडियममा खेलिएको फाइनलको ६६औं मिनटमा ३७ वर्षीय अर्जेण्टिनाई दिग्गजको खुट्टामा चोट लागेको थियो। त्यसपछि मेस्सीले आँखामा आँशु लिएर मैदान छोड़्नु परेको थियो। यसपाली मेस्सीले सोशल मीडिया पोस्टमा भनेका छन्, अहिले म ठीक छु अनि चाँड़ै मैदानमा फर्किएर आफ्नो प्रिय काम गर्न सक्ने मलाई आशा छ। म धेरै खुशी छु कारण हामीले आफ्नो लक्ष्यलाई हासिल गऱ्यौ अनि फिडे (डी मारिया) हामीलाई छोड़ेर गए तर अझ एउटा ट्रफीको साथ। उनी जस्ता पुरानो खेलाड़ी, ओटा (निकोलस ओटामेण्डी) हामी एउटा टीम हौं अनि एउटा परिवार पनि। मेस्सीको चोटको गम्भीरता पत्तो लगाउन आउँदो दिनहरूमा उनको मेडिकल जाँच हुनेछ। एड़ीको चोट निको हुन साधारणत तीन हप्ताको समय लाग्ने गर्छ। यस्तो भए मेस्सी अगस्तमा मेजर लीग सकरमा आफ्नो क्लब इण्टर मियामीको निम्ति उपलब्ध रहने सम्भावना कम्ती नै छ। मेस्सीको उपस्थितिमा यो अर्जेण्टिनाको लगातार तेस्रो प्रमुख खिताब हो। यसअघि टीमले २०२१-मा कोपा अमेरिका र २०२२-मा वर्ल्ड कप जितेको थियो।