महिला टी२०आई-मा हरमनप्रीत र शेफालीको ऱ्याङकिंगमा उत्थान

IMG-20240716-WA0262

नयाँ दिल्ली: भारतीय महिला क्रिकेट टीमकी कप्तान हरमनप्रीत र ओपनिंग ब्याटर शेफाली वर्मा दक्षिण अफ्रिकाविरुद्ध हालै समाप्त भएको सीरीजमा उत्कृष्ट प्रदर्शनको साथ आईसीसी टी२० ऱ्याङकिंगमा क्रमशः १२औं र १५औं स्थानमा पुगेकी छन्। हरमनप्रीतलाई ३ स्थानको फाइदा भएको छ अनि उनीसँग जम्मा ६१३ रेटिंग पोइण्ट्स रहेको छ। शेफाली पनि २ स्थान अघि बढ़ेकी छन्। उनी न्यूजील्याण्डकी अमेलिया केर र ईंग्ल्याण्डकी डेनी वायटसँग संयुक्त रूपले १५औं स्थानमा रहेकी छन्। ओपनिंग ब्याटर स्मृति मन्धना पाँचौं स्थानमा कायम छिन्। यसरी बलरहरूकी सूचीमा अनुभवी दीप्ति शर्मा तेस्रो स्थानमा कायम छिन्। राधा ८ स्थान अघि बढ़ेर १५औं, पूजा वस्त्राकर ६ स्थान अघि बढ़ेर २३औं र श्रेयंका पाटिल ९ स्थान अघि बढ़ेर ६०औं स्थानमा पुगेकी छन्। ईंग्ल्याण्डकी स्पिनर सारा ग्लेनले ७६८ पोइण्ट्सको साथ आफ्नो करियरको नयाँ सर्वोच्च रेटिंग हासिल गरेकी छन् अनि अहिले दोस्रो स्थानमा रहेकी छन्। शीर्ष स्थानमा ईंग्ल्याण्डकै सोफी एक्लेस्टोन रहेकी छन्। भारतीय महिला क्रिकेट टीम अहिले एशिया कपको तयारीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement