खोरीबारीमा ब्राउन सुगरसहित दुई युवा पक्राउ

IMG-20240716-WA0220

खोरीबारी: खोरीबारीको पानीट्यांकी थानाले ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवाको नाम विशाल साह (२०) र रजत साह (२५) रहेको छ। दुवै सिलगढीको आशीघर निवासी हुन्।गोप्य सूचनाको आधारमा खोरीबारीको पानीट्यांकी थानाका पुलिसले पानीट्यांकी नजिकैको क्वार्टर मोडमा दुई युवालाई शंकास्पद अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका युवकको खोजी गर्दा उनको साथबाट ५६० ग्राम ब्राउन सुगर बरामद भएको थियो। लगत्तै पक्राउ परेकाहरुलाई खोरिबारी पुलिस थानामा लगिएको थियो। दुवै युवालाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement