झापा:प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सुङ्गले आज भेटवार्ता भयो। भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए।
सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सुङ्गले बिश्वास दिलाए।
प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सुङ्गले सामाजिक सञ्जालमा आजै लेखेका छन , ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं।’
एकिकृत माले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पदको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २१ जुलाईमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने निश्चित भएको छ। प्रधानमन्त्रीको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय भएको हो। ‘आज स्थगित भएको बैठक२१जुलाईमा बस्दैछ। त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ’, नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेका प्रमुख सचेतक महेश बर्तौलाले भने।
उनका अनुसार २२ जुलाईमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ।









