नागल करियरको सर्वश्रेष्ठ ६८औं स्थानमा

IMG-20240716-WA0259

नयाँ दिल्ली: भारतीय स्टार टेनिस खेलाड़ी सुमित नागलले एटीपी-द्वारा जारी पुरुष एकल ऱ्याङ‌किंगमा करियरको सर्वश्रेष्ठ ६८औं स्थान हासिल गरेका छन्। सोमवार जारी नवीनतम एटीपी ऱ्याङकिंगमा २६ वर्षीय नागल ५ स्थान अघि बढ़ेका छन्। उनको गत सर्वश्रेष्ठ ऱ्याङकिंग ७१ थियो। यसरी नागल पूर्व खेलाड़ी शशि मेनन (७१औं स्थान)-लाई पछि छोड़ेर १९७३-देखि सर्वोच्च ऱ्याङकिंग भएका भारतीय खेलाड़ीहरूका सूचीमा चौथो स्थानमा पुगेका छन् । यसअघि दिग्गज विजय अमृतराज (१९८०-मा १८औं), रमेश कृष्णन (१९८५-मा २३औं) र सोमदेव देवबर्मन (२०११-मा ६२औं)-ले एटीपी सर्किटमा नागलभन्दा असल ऱ्याङकिंग हासिल गरेका थिए। गत केही समयदेखि प्रभावशाली प्रदर्शनले गर्दा नागलको ऱ्याङकिंगमा लगातार सुधार आएको छ। पेरिस ओलम्पिकको पुरुष एकलमा स्थान बनाउने एकमात्र भारतीय नागलसँग अहिले ७७९ एटीपी पोइण्ट्स रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement