मुख्यमन्त्रीले दिए गुरू रिम्पोछे थ्रुङकरको जन्म दिवसको अवसरमा शुभकामना

IMG-20240716-WA0249

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गुरू रिम्पोछे थ्रुङकरको जन्म दिवसको अवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। गुरु पद्मसम्भव, सिक्किममा गुरु रिन्पोछे वा ‘द प्रिसियस टिचर’ भनेर चिनिन्छन् भने आठौं शताब्दीमा तिब्बतमा वज्रयान बौद्ध धर्मको स्थापना गर्ने भारतका महान् व्यक्तिहरूमध्ये उनी पनि एक हुन्।

सिक्किमलाई गुरु रिन्पोछेले ‘बायुल डेमोजोङको रूपमा आशीर्वाद दिएका छन्, जसले 8 औं शताब्दी ईस्वीमा भोटान र तिब्बतसँग जोडिएको हिमालयको यस भागमा तान्त्रिक बौद्ध धर्म प्रसारित गरेका थिए। त्यसबेलादेखि सिक्किमलाई शान्ति र सुखको घर मानिने गरेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement