विश्व क्रिकेटका महान् ब्याट्सम्यान ब्रायन लाराले अब प्रतिभाको मामिलामा आफू र सचिन तेन्दुलकरभन्दा अगाडि रहेका ब्याट्सम्यानको नाम सार्वजनिक गरेका छन्। लाराले उक्त ब्याट्सम्यानलाई आफ्नो पुस्तक ‘द इङ्गल्याण्ड क्रोनिकल्स’ मा उल्लेख गरेका छन्। विश्व क्रिकेटमा भिभियन रिचर्ड्स र तेन्दुलकरलाई विश्वकै महान् ब्याट्सम्यान मानिन्छ, लारा मात्र सोही श्रेणीमा आउँछन् तर लारा आफैं त्यसमा विश्वास गर्दैनन्। लाराले आफ्नो पुस्तकमा वेस्ट इन्डिजका पूर्व कप्तान तथा ब्याट्सम्यान कार्ल हुपर प्रतिभाको मामिलामा सचिन र उनीभन्दा निकै अगाडि रहेको लेखेका छन्। लाराले आफ्नो पुस्तकमा लेखेकी छन्, ‘यसमा कुनै शंका छैन कि कार्ल मैले अहिलेसम्म देखेको उत्कृष्ट खेलाडीमध्ये एक थिए। म भन्न चाहन्छु कि सचिन तेन्दुलकर र म पनि त्यो प्रतिभाको नजिक थिएनौँ।‘ लाराले लेखेका कुराहरु सामाजिक सञ्जालमा हेडलाइन बनिरहेका छन्।
कार्ल हुपरले वेस्ट इन्डिजका लागि कुल १०२ टेस्ट र २२७ ओडीआई खेलेका छन्। हुपरले टेस्टमा ५७६२ र एकदिवसीयमा ५७६१ रन बनाएका छन्। यसबाहेक कार्ल हुपरले वेस्ट इन्डिजको कप्तानी पनि गरेका थिए। कार्ल हुपरले टेस्टमा १३ शतक र २७ अर्धशतक प्रहार गर्न सफल भएका थिए। यसबाहेक हुपरले २२७ एकदिवसीय खेलमा ७ शतक र २९ अर्धशतक बनाएका थिए। हुपरले आफ्नो अन्तिम टेस्ट सन् २००२ मा भारतविरुद्ध खेलेका थिए। जहाँ अन्तिम एकदिवसीय खेल सन् २००३ मा केन्यासँग खेलेको थियो। लाराको बारेमा कुरा गर्दा, दिग्गज ब्याट्सम्यानले आफ्नो करियरमा १ सय ३१ टेस्ट र २ सय ९९ ओडीआई खेल खेलेका छन् भने लाराले टेष्टमा ५२ को औसतमा ११९५३ रन बनाएका छन् भने लाराको नाममा एकदिवसीयमा १० हजार ४०५ रन छन्। एकदिवसीयमा उनको औसत ४०.५ रहेको छ। लारा टेस्टमा ४०० रन बनाउने एकमात्र ब्याट्सम्यान हुन्। यस्तो अवस्थामा लाराले कार्ल हूपरको बारेमा यसो भन्नु पक्कै पनि फ्यानहरुलाई अचम्ममा पारेको छ।










