सिलगढी: जम्मुको डोडा जिल्लामा आतंककारीसितको मूडभेडमा शहीद बनेका ब्रिजेस थापा सानैदेखि देशको लागि आर्मीमा जान चाहान्थे। उनको पिता पनि आर्मी अफिसर थिए। उनको पिता अवकाशप्राप्त कर्नल भुवनेश कुमार थापा हुन्। ब्रिजेस थापाले सानैदेखि पिताको आर्मीको ड्रेस लगाएर आर्मीमा जाने कटिबध्दता जाहेर गर्दथे। ब्रिजेस थापाले ईञ्जिनियरिङमा बीटेक गरेका थिए। तर उनी देशको सेवा गर्नलाई आर्मीमा जान चाहान्थे।

शहीद ब्रिजेस थापाको पिता अवकाशप्राप्त कर्नल भुवनेशकुमार थापाले पत्रकारहरूसित कुराकानी गर्दै छोरा ब्रिजेस थापासित अन्तिमपल्ट गत आईतबार बातचीत भएको र पहाड़बाट तलतिर आएर पुन: पहाड़मा जानु पर्ने भएको बताएको जानकारी गराएका छन्। उनले आफ्नो छोरा ब्रिजेस थापाले ईञ्जिनियरिङमा बीटेक गरेको र आफुहरूले अरू काम गर्नुभन्दा पनि देशको लागि आर्मीमा नै जाने कुरा छोराले बताउने गरेको पनि बताएका छन्।

जम्मू-कश्मिरमा आतङ्कवादीसँगको लडाइँमा दार्जिलिङका गोर्खा छोरो कप्तान व्रिजेश थापा शहीद बनेका छन्। हिजो राति जम्मू-कश्मिरको डोडा जिल्लाको देसा फरेस्टमा आतङ्कवादीसँग लडाइँमा कप्तान थापासहित अन्य चारजना जवान सहिद भएका हुन्। २७ वर्षीय आर्मी अफिसर व्रिजेश थापा दार्जिलिङको बडा गिङ बजार निवासी हुन्। पारिवारिक सूत्रका अनुसार व्रिजेश थापा २०१९ मा कमिसन परीक्षा उत्तीर्ण गरी सेनामा भर्ना भएका थिए।

१४५ एयर डिफेन्समा कार्यरत थापा भने दुई वर्षका लागि दस राष्ट्रिय राइफल्समा एक्स्ट्रा रेजिमेन्टल ड्युटीमा खटिएका थिए।