च्याखुङमा ‘सिभिल इञ्जिनियरिङ कम्प्लेक्स’काे विधायक गोलेद्वारा उद्घाटन

IMG_20220814_214909.jpg

सोरेङ: सोरेङ च्याखुङ क्षेत्रका विधायक आदित्य गोलेले आज च्याखुङमा ‘सिभिल इञ्जिनियरिङ कम्प्लेक्स’ उद्घाटन गरे। यस अवसरमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, कौशल विकास बोर्डका अध्यक्ष बिनोद बस्नेत, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, जनजाति कल्याण बोर्डका अध्यक्ष अध्यक्ष पीके सुब्बा, जिल्लापाल भीम ठटाल पनि उपस्थित थिए।

विधायक गोलेले आफ्नो सम्बोधनमा अभियान्त्रिकी शाखा र कर्मचारीहरूलाई बधाई दिए। उनले सोरेङ जिल्ला अस्तित्वमा आएपछि यो जिल्लाकाे एउटा पहिलो सम्पत्ति रहेको बताए। सोरेङ जिल्लावासीहरूका सुविधाका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङले जिल्लाकाे एकीकृत नागरिक अभियान्त्रिकी कम्प्लेक्स निर्माणको सपना देखेको उनले अवगत गराए।

मुख्य अभियन्ता हरि शंकर शर्माले पूर्वाधारमाथि प्रकाश पारे। उनले यहॉं डाक बङ्गलो, ११ वटा कोठा भएको अतिथि गृह, आठ नागरिक अभियान्त्रिकी विभागका लागि कार्यालय कम्प्लेक्स, एम्पीथिएटर, पार्किङ, सुविधा, कर्मचारीका लागि क्वार्टर आदि सामेल रहने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *