जनसाधारणको सुविधाको लागि सब्जीहरूको मूल्य वृध्दिलाई नियन्त्रण गर्न खरसाङ बजारमा विभागीय निरीक्षण

IMG-20240716-WA0203

खरसाङ: खरसाङ बजारमा कृषि क्षेत्रमा रहेको साग सब्जीहरूको मूल्य निर्धारण र मूल्य के कस्तो छ भनेरखरसाङ महकुमा शासकको निर्देशनमा कृषि विभाग, पुलिस प्रशासन, अन्य विभागहरूद्वारा दोकानहरूको निरीक्षण गरिएको छ। खरसाङ महकुमा शासकको कार्यालयमा सभा बसेर बजारमा साग सब्जीहरूको मूल्य विषयमा आज खरसाङ बजारको हार्ट बजार क्षेत्रमा रहेको सब्जी दोकानहरूमा निरीक्षण गरिएको छ। दोकानेहरूले साग सब्जीहरूको मूल्य वृध्दि गरेको छ वा छैन साथै साग सब्जीहरूको मूल्य के कस्तो छ भनी निरीक्षण गरिएको छ। उक्त निरीक्षणमा डेपुटी म्याजिस्ट्रेट डेपुटी कलेक्टर देवज्योति बराल, बीसीडब्ल्यु इन्स्पेक्टर सांग्येला भोटिया, कृषि विभाग खरसाङको सह निर्देशक दिवस तामाङ, महकुमा शासक कार्यालयको को-अर्डिनेटर डम्बर छेत्री, खरसाङ पुलिस थानाको आईसी लगाय अन्य विभागहरूका पदाधिकारीवर्ग उपस्थित रहेका थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा नै बजारमा चीजबीजको दामहरू नियन्त्रण गर्न तथा जनताको हितमा मूल्य निर्धारण गर्न र नियन्त्रण गर्नलाई यो निरीक्षण गरिएको जानकारी प्राप्त भएको छ। यस्तो निरीक्षण अब हप्ताहमा दुईपल्टसम्म गरिने भएको जानकारी प्राप्त भएको छ। अहिलेघरी बजारमा साग सब्जीहरूको मूल्य वृध्दि भईरहेको कारणले जनसाधारणको सुविधाको लागि यसरी विभागीय रूपमा निरीक्षण भईरहेको जानकारी प्राप्त भएको छ। उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै कृषि विभाग खरसाङको सह निर्देशक दिवस तामाङले बजारमा साग सब्जीहरूको मूल्य वृध्दिको कारणले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा नै यस्तो निरीक्षणको कार्य भईरहेको र हामीले खरसाङको हाट बजारदेखि आज पहिलो निरीक्षण गरेको र आगामी दिनमा अन्य स्थानहरूमा निरीक्षण गरिने बताएका छन्। उनले यस्तो प्रकारको निरीक्षण अब हप्ताहमा दुईपल्टसम्म गरिने जानकारी गराउँदै आजको निरीक्षणमा साग सब्जीहरूको मूल्य केही वृध्दि नै देखियो र हामीले मूल्य केही कम गर्ने सुझाव पनि राखेका छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement