क्याप्टन व्रिजेश थापाको वीरगतिमा आमाबाबु यसरी भक्कानिए

IMG-20240716-WA0190

सिलगढी: जम्मू-कश्मीरको डोडा जिल्लामा आतंककारीहरूसँगको भिडन्तमा गम्भीर घाइते भएका क्याप्टन व्रिजेश थापासहित चार सेनाका जवान शहीद भएका छन्। दार्जीलिङको बडा गिंग निवासी क्याप्टेन व्रिजेश थापा २७ वर्षको उमेरमा शहीद भएका छन्। जम्मू-कश्मीरको डोडाबाट चार घण्टा टाढा रहेको पहाडी जंगलमा सोमबार राति कारबाहीका क्रममा आतंककारीहरूले आक्रमण गरेका थिए। सिपाहीहरूले विद्रोहीहरू विरुद्ध जवाफी कारबाही गरे र अन्तमा दुई पक्षबीचको भिडन्तमा व्रिजेश र अन्य चार सैनिकहरू घटनास्थलमै शहीद भए। व्रिजेश थापाको शहीद भएको खबर उनको परिवारलाई सेनाले राति ११ बजे दिएको थियो। व्रिजेशको पार्थिव शरीरलाई बुधबार विशेष विमानबाट सिलगढीको बागडोग्रा विमानस्थलमा ल्याइनेछ।

पारिवारिक स्रोतका अनुसार क्याप्टेन व्रिजेश थापाका बुबा कर्णेल भुवनेश थापा २०१४ मा सेनाबाट अवकाश लिएका थिए। हाल उनी दार्जीलिङको लेबोङमा पूर्व सैनिक स्वास्थ्य सेवा योजनामा ​​कार्यरत छन्। व्रिजेशको जन्म लेबोङमा भएको थियो, उनले आफ्नो प्राथमिक शिक्षा दार्जीलिङमा गरेका थिए, तर उनका बाबुको सेनामा अन्यत्र पोस्टिङ भएकाले उनले आफ्नो अधिकांश स्कुलिङ राज्य बाहिर गरेका थिए। मुम्बईमा अन्तिम उच्च शिक्षा पूरा गरे। त्यहाँको कलेजबाट बीटेक गरेपछि उनले कम्बाइन्ड डिफेन्स सर्भिसको परीक्षा दिए। सन् २०१८ मा डिफेन्स सर्भिस सर्ट सर्भिस कमिशनको परीक्षा उत्तीर्ण गरी २०१९ मा सेनामा भर्ना भए। उनी दुई वर्षदेखि १० राष्ट्रिय राइफल्समा कार्यरत थिए। त्यसपछि उनलाई अतिरिक्त रेजिमेन्टल ड्यूटीको लागि भारतीय सेनाको विशेष शाखा १४५ आर्मी एयर डिफेन्स अन्तर्गत जम्मू-कश्मीरको डोडा आर्मी क्यान्टोनमेन्टमा सारिएको थियो। बृजेश थापा त्यहाँ ए-कम्पनी कमाण्डर थिए। डोडाबाट करिब चार घन्टाको दूरीमा आफ्ना सेनाहरूसँग अभियानमा जाँदै गर्दा उहाँमाथि अचानक आक्रमण भयो। उक्त आक्रमणमा व्रिजेशको ज्यान गएको थियो। क्याप्टेन व्रिजेश थापाको पार्थिव शरीर बुधबार सिलगढी पुग्दा बागडोग्रा आर्मी क्याम्पमा राष्ट्रिय सम्मानका साथ अभिवादन गरिने छ। त्यहाँबाट उनको पार्थिव शरीरलाई सडकबाट बडा गिंगमा पुर्खाको भूमिमा लगिनेछ। व्रिजेश थापाका बाबु कर्णेल भुवनेश थापाले व्रिजेशलाई बाल्यकालदेखि नै आर्मीप्रति असाध्यै चासो लागेको बताए।

भिडन्तमा शहीद भएका क्याप्टन व्रिजेश थापाका बाबु कर्णेल भुवनेश थापा (सेवानिवृत्त)ले छोरालाई सम्झँदै छोराले देश र सुरक्षाका लागि केही गरेकोमा आफूलाई गर्व लागेको बताए। कर्णेल भुवनेश थापा (निवृत्त)ले सरकारले आतङ्ककारीविरुद्ध कारबाही गरिरहेको बताए। ‘जब मलाई उनी (छोरा) रहेनन् भनेर भनियो, मैले पत्याउनै सकिनँ। ऊ सानैदेखि भारतीय सेनामा भर्ना हुन चाहन्थे। सेनाको पोशाक लगाएर हिँड्थे। इन्जिनियरिङ गरेपछि पनि उनी सेनामा भर्ना हुन चाहन्थे। परीक्षा एकै पटक पास गरेर सेनामा भर्ना भए। मेरो छोराले देश र सुरक्षाको लागि केही गरेकोमा मलाई गर्व छ।‘ क्याप्टन व्रिजेश थापाका बाबुले थप भनेका छन्, ‘दुःखको कुरा के छ भने हामी उसलाई फेरि भेट्न सक्दैनौं, तर देशका लागि आफ्नो ज्यान अर्पण गरेकोमा म खुशी छु।‘ क्याप्टन थापाकी आमा निलिमा थापाले राति ११ बजे छोराको शहीद भएको खबर पाएको बताइन्। नीलिमा थापाले भिजेको आँखाले एकदमै राम्रो छोरा रहेको बताइइन्। ‘सधैं सेनामा भर्ती हुन चाहन्थे। सेनामा जीवन जिउन गाह्रो हुन्छ भनी सुनाउँथ्यौं। मलाई मेरो छोराप्रति गर्व छ, जसले देशको लागि आफ्नो जीवन बलिदान गरेको छ। सरकारले कारबाही गर्ने हो। दुर्भाग्यवश, हामीले आफ्नो छोरा गुमायौं’, उनले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement