सांसद राजु विष्टद्वारा शहीद मेजर ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण

दार्जिलिङ: दार्जीलिङका सांसद राजु विष्टले आतंकवादीहरूसितको भीडन्तमा शहीद भएका गोर्खे सैनिक अधिकारी मेजर ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरेका छन्। सांसद राजु विष्टले आज एक प्रेस विज्ञप्ति जारी गरेर हिजो रातिको नौ बजेतिर कश्मीरक डोडा जिल्लामा आतंकवादीसँगको भिडन्तमा शत्रुहरूबाट हाम्रो मातृभूमिको रक्षा गर्दै वीरगति प्राप्त गर्ने मेजर ब्रिजेश थापा र उनका जवानहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्न दार्जीलिङ पहाड, तराई, डुवर्स र देशभरका जनतासँग आफु सामेल रहेको बताएका छन्। उनले आफ्नो प्रेस विज्ञप्तिमा श्रध्दाञ्जली अर्पण गर्दै भने, मेजर ब्रिजेश थापा आज हाम्रो राष्ट्रको लागि अन्तिम बलिदान दिने अमर भारतीयहरूको सेनामा सामेल भएका छन्।’
यस दुःखद घडीमा दार्जीलिङको गिङ चियाबारीका मेजर ब्रिजेशका पिता कर्णेल भुवनेश के थापा र उनकी परिवारजनमा यस दुःखद क्षतिमा मेरो प्रार्थना छ भनी सांसद राजु बिष्टले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement