सिलगढी: प्रधान नगर पुलिस थानाले एटीएमबाट पैसा चोर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। केही दिनदेखि सिलगढी र आसपासका विभिन्न क्षेत्रबाट एटीएमहरू चोरी भइरहेको थियो। एटीएम चोरी भएपछि यी एटीएमबाट पैसा निकाल्ने काम भइरहेको थियो। सिलगढीका विभिन्न क्षेत्रमा विशेषगरी शिव मन्दिर क्षेत्रमा भएका चोरीका घटनाले केही दिनदेखि सिलगढी पुलिसलाई सतर्क गराएको छ। विभिन्न स्थानबाट पुलिसमा विभिन्न समयमा उजुरी आइरहेका छन्।

अन्ततः हिजो गोप्य सूचनाका आधारमा सादा पोशाकमा पुलिस चौकी प्रधाननगरले सुकनाको शाल्बदी क्षेत्रमा छापा मारेको थियो। त्यहाँबाट पैसा चोर्ने गिरोहका तीन जना रंगेहात पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनाको नाम कोचबिहार निवासी २६ वर्षीय मयुद्दीन शेख, कोचबिहार निवासी २८ वर्षीय मिरजनुर मिया र सिलगढी मल्लगुडी निवासी २० वर्षीय बिरजु शाहानी रहेको छ। स्रोतका अनुसार लामो समयदेखि एटीएम मेसिनमा इलेक्ट्रोनिक चिप्स राखेर पैसा निकाल्ने प्रक्रिया चलिरहेको थियो। अन्ततः प्रधाननगर पुलिस चौकीले सफलता हात पारेको छ। पक्राउ परेकाहरुको साथबाट पुलिसले पेस्तोल र चोरीका सामान बरामद गरेको छ। आज सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।