शारदा विद्या मन्दिरको पहलमा रूखका विरूवाहरू वितरण

Capture1-12

नक्सलबारी: वन महोत्सवको अवसरमा नक्सलबारी शारदा विद्यामन्दिरको पहलमा पनि मंगलबार नक्सलबारी बस स्ट्यान्ड अनि बाबूपाडामा विभिन्न प्रजातिका विरूवाहरू वितरण गरियो। विशेष गरेर टोटो चालक, बस चालकहरू लगायत बाटोमा हिड्नेहरूलाई आज विभिन्न प्रजातिका रूखका विरूवाहरू प्रदान गरियो। यस अवसरमा विद्यालयका प्रधानाध्यापक सुजीत दास लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा प्रधानाध्यापक दासले भने, यो पहल प्रकृतिलाई संरक्षित गर्नको साथै प्रकृतिलाई त्यसको पूर्व स्थितिमा फर्काइ ल्याउनको लागि प्रयास हो। आगामी २१ जुलाईसम्म ५ हजार रूखका विरूवाहरू वितरण गरिने भएको तिनले थप जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement