सिलगढीमा आगामी अगस्तमा ‘फ्रेस वेस्ट म्यानेजमेन्ट युनिट’ शुरू गरिने

IMG-20240716-WA0170

सिलगढी: आगामी अगस्तमा फ्रेस वेस्ट म्यानेजमेन्ट युनिट‘शुरू गरिने भएको छ। सिलगढी नगर निगमका मेयर गौतम देवले मंगलवार बिहान सिलगढी डम्पिङ ग्राउन्डको अचानक छड्के भ्रमण गरेपछि यसबारे जानकारी गराएका छन्। प्राप्त जानकारी अनुसार, डम्पिङ ग्राउन्डमा फ्रेस वेस्ट म्यानेजमेन्ट युनिटको काम धेरै अघि नै शुरू भइसकेको छ। काम पूरा गरेर गत जून महिनामा नै युनिट शुरू गरिने भएको थियो तर कामको गति धीमा भएको कारणले युनिट हालसम्म पनि शुरू हुन सकेको छैन। यस्तो स्थितिमा मेयर गौतम देवले डम्पिङ ग्राउन्डको आज बिहान अचानक निरीक्षण गरेपछि काम अब चाँडै पूरा हुने बताएका छन्।

पत्रकारहरूसित कुराकानी गर्दै मेयर गौतम देवले अझ भने, फ्रेस वेस्ट म्यानेजमेन्ट युनिट अगस्तको पहिलो सप्ताहमा शुरू हुनेछ। युनिटको सुरक्षाको लागि कठोर व्यवस्था गरिनेछ। यस वाहेक, लक गेट पनि लगाइने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement