नयाँ दिल्ली: पेरिस ओलम्पिकको निम्ति ब्याडमिण्टनको ड्र केही दिन अघि निकालिए पनि त्यस समय पुरुष युगलको ड्र चाहिँ घोषणा गरिएको थिएन। यसपाली २६ जुलाईदेखि शुरु हुने यी खेलहरूका निम्ति पुरुष युगलको ड्र पनि घोषणा गरिएको छ। यसमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको स्टार भारतीय जोड़ीलाई अनुकूल ड्र प्राप्त भएको छ। थोमस कप जित्ने भारतीय टीमको हिस्सा रहने सात्विक र चिरागको जोड़ीलाई पुरुष युगलमा तेस्रो वरीयता प्राप्त भएको छ। जोड़ीहरूको संख्यालाई लिएर खेल पञ्चाट (सीएएस)-मा सुनुवाईले गर्दा पुरुष युगलको ड्र-लाई स्थगित गरिएको थियो। सीएएस-ले ब्याडमिण्टन विश्व महासंघ (बीडल्यूएफ)-लाई कोर्वी र लेबरको जोड़ीलाई ओलम्पिक खेलहरूमा सामेल गर्नलाई लिएर अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई सिफारिश गर्ने आदेश दिएको थियो। फ्रान्सका जोड़ीलाई सामेल गरिएपछि पुरुष युगलको ड्र-मा शुरुवाती १६-को स्थानमा अब १७ वटा जोड़ी हुनेछ।
स्वर्ण पदक जित्ने प्रबल दावेदार सात्विक र चिरागको विश्वको पूर्व नम्बर एक जोड़ीलाई ग्रुप सी-मा राखिएको छ जहाँ फजर अल्फियां र मोहम्मद रियान एरदियान्तोको इण्डोनेशियाको छैटौं नम्बरको जोड़ी उनीहरूको सबैभन्दा कठिन प्रतिद्वन्द्वी हुनेछ। कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता भारतीय जोड़ी ग्रुप चरणमा मार्क लेम्सफस र मर्विन सीडलको जर्मनीको ३१औं नम्बरको जोड़ी र लुकास कोर्वी र रोनन लेबरको फ्रान्सको विश्वको ४३औं नम्बरको जोड़ीविरुद्ध पनि खेल्नु पर्नेछ। ओलम्पिकमा ब्याडमिण्टन स्पर्धाहरू २७ जुलाईदेखि शुरु हुनेछ।









