नेपालमा वैदेशिक लगानी एघार महिनामा आठ अर्बले भित्रियो

IMG-20240716-WA0056

झापा: चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा भित्रिएको वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जुलाईदेखि मई महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ। गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो ।गत आर्थिक वर्षको ११ महिनाको तुलनामा यस आर्थिक वर्षको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देख़ाउछ। नीतिगत सुुधारसँगै चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानी क्रमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको हो। ११ महिनामा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ। गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम रहेको थियो ।चालु आवको ११ महिनामा ४४ अर्ब ३४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा ३८ अर्ब लगानी प्रतिबद्धता आएको थियो। ११ महिनामा ३१९ वटा परियोजनामार्फत कुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ। भारतबाट १८ वटा परियोजनाबाट दुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा छ। यस्तै अमेरिकाबाट १५ वटा परियोजनामार्फत एक अर्ब ५१ करोड ९३ लाख ९८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ। हङकङबाट दुई वटा परियोजनामा ४२ करोड, सिँगापुरबाट तीन वटा परियोजनामार्फत एक अर्ब ४१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। युनाइटेड अरब इमिरेट्सबाट दुई वटा परियोजनामार्फत ५० करोड रुपियाँ, नेदरल्यान्ड्सबाट तीन वटा परियोजनामा ११ करोड ४४ लाख रुपियाँ, भियतनामबाट दुई वटा परियोजनामार्फत ३० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ। वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्य तीन र ऊर्जामा एकमा विदेशी लगानी आएको छ। ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आउने गरेको बताइन्छ।विभागका अनुसार विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २१९ परियोजनामा चार खर्ब ९४ अर्ब ४० करोड ८७ लाख ५७ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। देशमा लगानी गर्छु भनेर प्रतिबद्धता गर्ने तर सो अनुसार न्युन मात्र लगानी भित्रिने गरेको बताइएको छ। लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत वैदेशिक लगानी नेपाल भित्रिने गरेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement