अष्ट्रेलियाद्वारा टी२० र वनडे टीमको घोषणा

IMG-20240715-WA0259

एडिलेड: कार्यभार प्रबन्धन नीतिअन्तर्गत वर्ल्ड कप विजेता कप्तान प्याट कमिन्स सीमित ओभरको सीरीजको निम्ति अष्ट्रेलियाई क्रिकेट टीमको आउँदो ईंग्ल्याण्ड यात्रामा जानेछैनन्। यसरी पेस बलर मिचेल स्टार्कले टी२० सीरीज खेल्नेछैनन्। अष्ट्रेलियाले सेप्टेम्बरमा स्कटल्याण्डविरुद्ध ३ वटा टी२०आई र ईंग्ल्याण्डविरुद्ध ५ वटा वनडे म्याचको सीरीज खेल्नेछ। क्रिकेट अष्ट्रेलियाद्वारा जारी बयानमा भनिएको छ, आउँदो साल हुने च्याम्पियन्स ट्रफीलाई ध्यानमा राखेर कार्यभार प्रबन्धनअन्तर्गत कमिन्स नखेल्ने पहिलादेखि नै तय थियो। मिचेल मार्श टीमका कप्तान हुनेछन्। युवा ओपनिंग ब्याटर जेक फ्रेसर म्याकगर्कलाई वनडे र टी२० दुवै टीममा स्थान प्राप्त भएको छ।
अष्ट्रेलियाई टी२० टीमः मिचेल मार्श (कप्तान), जेवियर बार्लेट, ट्रेविस हेड, जोश ईंग्लिश, स्पेन्सर जनसन, मार्कस स्टोइनिस, एडम जाम्पा, कूपर कोनोली, टिम डेविड, न्याथन एलिस, जेक फ्रेसर म्याकगर्क, क्यामरन ग्रीन, आरोन हार्डी र जोश हेजलवुड
अष्ट्रेलियाई वनडे टीमः मिचेल मार्श (कप्तान), सीन एबोट, ट्रेविस हेड, जोश ईंग्लिश, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, म्याथ्यू शर्ट, स्टीव स्मिथ, मिचेल स्टार्क, एडम जाम्पा, एलेक्स केरी, न्याथन एलिस, जेक फ्रेसर म्याकगर्क, आरोन हार्डी, क्यामरन ग्रीन र जोश हेजलवुड

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement