ओलम्पिकको तयारीहरूमा एथलेटिक्समाथि सर्वाधिक ९६.८ करोड़ रुपियाँ खर्च

IMG-20240715-WA0258

नयाँ दिल्ली: तीन साल अघि टोक्यो ओलम्पिकमा ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले ऐतिहासिक स्वर्ण पदक जितेपछि भारतमा यस ओलम्पिक चक्रमा ट्र्याक एण्ड फील्डका खेलाड़ीहरूलाई सरकारी कोषबाट सबैभन्दा ठूलो हिस्सा प्राप्त भएको छ। भारतीय खेल प्राधिकरण (साइ)-को मिशन ओलम्पिक सेल (एमओसी) – को आधिकारिक आँकड़ा अनुसार सरकारले एथलेटिक्समा ९६ करोड़ ८ लाख रुपियाँ खर्च गरेको छ। यसपाली १६ वटा खेलहरूका निम्ति भारतको तयारीहरूमा लगभग ४७० करोड़ रुपियाँ खर्च गरिएको छ। गत ओलम्पिक चक्रमा टारगेट ओलम्पिक पोडियन योजना (टप्स)- अन्तर्गत एथलेटिक्समाथि पाँच करोड़ ३८ लाख रुपियाँ खर्च गरिएको थियो। २६ जुलाईदेखि शुरु भइरहेको पेरिस खेलहरूमा नीरजको अगुवाईमा २८ सदस्यीय एथलेटिक्स टीमले भारतको प्रतिनिधित्व गर्नेछ। ओलम्पिकको निम्ति भारतीय टीममा जम्मा ११८ जना खेलाड़ी सामेल छन्। गत ओलम्पिकको ७ वटा पदकलाई ध्यानमा राखेर यसपाली खेलाड़ीहरूबाट अधिक पदकको आशा रहेको छ। यसैकारण यसपाली खर्च पनि अधिक गरिएको छ। देशका ब्याडमिण्टन खेलाड़ीहरू सर्वाधिक अनुदान हासिल गर्ने मामिलामा दोस्रो स्थानमा रहे। ब्याडमिण्टन खेलाड़ीहरूलाई जम्मा ७२.०२ करोड़ रुपियाँ प्राप्त भयो। त्यसपछि बक्सर (६०.९३ करोड़) तेस्रो र शूटर (६०.४२ करोड़ रुपियाँ)-हरू तेस्रो स्थानमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement