यूरो कपमा ६ जनालाई गोल्डन बूट पुरस्कार

IMG-20240715-WA0252

नयाँ दिल्ली: ईंग्ल्याण्डको यूरो कप च्याम्पियन बन्ने सपना फेरि भताभुंगै भए पनि टीमका स्टार फरवर्ड ह्यारी केनले सर्वाधिक गोल गरेर गोल्डन बूट पुरस्कार जिते। फाइनलमा स्पेनले ईंग्ल्याण्डलाई २-१-ले पराजित गरी रेकर्ड चौथोपल्ट खिताब जित्यो। वास्तवमा ह्यारी केनसहित ६ जना खेलाड़ीले टुर्नामेण्टमा सर्वाधिक ३-३ वटा गोल गरेका थिए। यसैकारण यी सबैलाई गोल्डन बूटले सम्मानित गरियो। केन बाहेक स्पेनका दानी अल्मो, जर्मनीका जमाल मुसियाला, नीदरल्याण्डका कोडी गाक्पो, स्लोवाकियाका इवान श्राञ्ज र जर्जियाका जर्जेस एम-ले पनि पुरस्कार जिते। यसरी एलन शिएररपछि केन यस पुरस्कारलाई जित्ने ईंग्ल्याण्डका दोस्रो खेलाड़ी बने। यसरी उनी यूरो कप र फिफा विश्व कपमा गोल्डन बूट जित्ने विश्वका तेस्रो खेलाड़ी पनि बने। यूएफाले नियमहरूमा संशोधन गररेर अहिले बराबर गोल गरेको क्षेत्रमा प्रत्येक खेलाड़ीलाई नै गोल्डन बूट पुरस्कार दिन्छ। पहिला चाहिँ यस्तो थिएन कारण गत संस्करणमा पोर्तुगलका क्रिस्टियानो रोनाल्डो र चेक गणराज्यका पेट्रिक शिकले ५-५ गोल गरेका थिए तर एउटा अतिरिक्त एसिस्टले गर्दा रोनाल्डोले गोल्डन बूट जितेका थिए। यसरी स्पेनका युवा फरवर्ड लामिन लामाललाई उनलाई १७औं जन्मदिनको एकदिन पछि यूरो कप २०२४-को सर्वश्रेष्ठ युवा खेलाड़ीको पुरस्कार प्राप्त भयो। यामाल यूरो कपमा खेल्ने, यसमा गोल गर्ने अनि फाइनल खेल्ने सबैभन्दा युवा खेलाड़ी बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement