मुख्यमन्त्रीले दिए गुरु रिम्पोछे ठ्रुङ्कर त्सेछुको जन्म जयन्तीको शुभकामना

IMG-20240630-WA0274

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले गुरु रिम्पोछे ठ्रुङ्कर त्सेछुको जन्म जयन्तीको शुभ अवसरमा सिक्किमवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा भनेका छन्, गुरु पद्मसम्भव, सिक्किममा गुरु रिम्पोछे अथवा ‘अमूल्य शिक्षक’ को नामले लोकप्रिय छन्, भारत देशका एक महानतम सिद्धहस्त मध्ये एक हुन् जसले १८औं शताब्दीमा तिब्बतमा वज्रयान बौद्ध धर्मको स्थापना गरेका थिए।

गुरु रिम्पोछेले सिक्किमलाई बायुल ड्रेमाजोङको रूपमा आशीर्वाद दिएको बताउॅंदै गुरु रिम्पोछेले 18औं शताब्दीमा भुटान र तिब्बतसॅंग जोडिएको हिमालयको यस भागमा तान्त्रिक बुद्ध धर्म फैलाएको उनले जानकारी गराएका छन्। त्यस समयदेखि नै सिक्किमलाई शान्ति र खुशीको निवास मानिएको उनले आफ्नो सन्देशमा बताएका छन्।

मुख्यमन्त्रीले सबै समुदायमा शान्ति र सद्भाव कायम राख्न आह्वान गरेका छन्। गुरु रिम्पोछेको आशीर्वाद सिक्किममाथि सदैव रहिरहोस् भन्ने कामना गर्दै उनले यस शुभ अवसरमा सबैको कल्याणको निम्ति मिलेर प्रार्थना गरौं भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement