गान्तोकः माखा-सिङ्गताम मार्गमा माथिबाट ढुङ्गा झरेर वाहनमा सवार एक युवतीको घट्नास्थलमै मृत्यु भएको घट्ना एक हप्ता पनि बित्न नपाउदै त्यसै क्षेत्रमा फेरि एउटा त्यस्तै घट्ना घटेको छ। घट्ना आज बिहान सिङ्गताम पारि सिरवानीमा करिब साढ़े १० बजीको हो। भाग्यवश यस घट्नामा कसैको ज्यान गएको छैन। एकजना यात्रुलाई सामान्य चोट लागेको छ। तर, वाहनको सेकेण्डमा सीटमा पनि यात्रीहरू भएको भए घेरैको मत्यु हुने स्थानीयवासीहरूको भनाइ रहेको छ कारण ठूलो ढुङ्गा बज्जारिँदा प्राइवेट बलेरो वाहनको सेकेण्ड सिट काचाककुचुक भएको छ।
प्राप्त जानकारीअनुसार दुर्घट्नाको समय लिङ्गीदेखि सिङ्गतामतर्फ आइरहेको वाहनमा चालक लगायत दुईजना मात्र यात्री थिए। कमल अधिकारी नाम गरेका घाइते यात्रीलाई उपचारको निम्ति सिङ्गताम जिल्ला अस्पताल लगिएको छ। उल्लेखनीय छ, गत शुक्रबारको दिन पनि यसै मार्गको अर्को छेउ सिङ्गबेलमा यसरी नै सड़कमाथिबाट ठूलो ढुङ्गा झरेर एउटा वाहनमाथि बज्जारिँदा एक ३२ वर्षीया महिलाको मृत्यु भएको थियो।
यसरी घरिघरि सड़कमाथिबाट ढुङ्गा झरेर वाहनमा लाग्ने गरेको घट्नाले हाल क्षेत्रवासी त्रसित बनेका छन्।










