भागोप्रमोद्वारा ३९ जना अवकाशप्राप्त श्रमिकहरूलाई सम्मान

02b03764-fa54-4073-a195-f70233f14d94

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिमरिङ चियाबारीको अवकाशप्राप्त ३९ जना चियाबारी श्रमिकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा सम्मान जनाइएको छ। सिमरिङ चियाबारीको सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रम डीबी सुब्बाको अध्यक्षता र दिवस वाइबाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नै नरबुङ चियाबारी अन्तर्गत पर्ने सिमरिङ डिभिजनका अवकाशप्राप्त ३९ जना चियाबारी श्रमिकहरूलाई खदार्पणसहित स्मृति चिन्हहरू प्रदान गरेर सम्मान गरिएको छ। सबै अवकाशप्राप्त श्रमिकहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पदाधिकारीहरू, तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको पदाधिकारीहरूको बाहुलीबाट सम्मान गरिएको छ। कार्यक्रममा स्वागत सम्भाषण सिमरिङ युनिटको दिवस वाईबाले राखेका थिए।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको महासचिव प्रणाम रसाईलीले आफ्नो सम्भाषणमा सिमरिङ चियाबारीको श्रमिकहरूको ग्राजुएटी र पीएफको समस्याहरू हाम्रो टिमले समाधान गर्नलाई कार्य गर्ने आश्वासन दिएका छन्। तिनले भागोप्रमो पार्टीमा चियाबारी क्षेत्रकै लिडरहरू रहेको कारणले चियाबारी श्रमिकहरूको समस्याहरू बुझेर अनि अवकाशप्राप्त श्रमिकहरूको विषयमा पार्टी अध्यक्ष अनित थापालाई बताउन सकेको कारण आज यो सम्मान कार्यक्रम सम्पन्न गर्नलाई सफल हुन सकेको बताए। प्रणाम रसाइलीले चियाबारीमा हजुरहरूले आफ्नो बहुमूल्य समय दिएर सिहार सियार गरेको कारण नै चियापत्तीलाई हरियो सुन भनी भनिएको तर चियाबारी श्रमिकहरूको अवस्था भने जस्ताको तेस्तै रहेको बताएका छन्। कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्री, तीनधारे महानदी समष्टिको कार्यकारी सभापति सीबी राई, उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, सिमरिङ युनिटको समीर तामाङ लगायत अप्पर सिमरिङबाट कमल सुब्बा, मिलन राई लगायत नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement