एक महिलाको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

IMG-20240715-WA0233

फाँसीदेवा: फाँसीदेवाकाे छोटा निर्मल जोतेमा एक महिलाको ससुरालीले हत्या गरी झुण्डाएको आरोपमा पुलिसले अनुसन्धान सुरु गरेको छ। महिलाको परिवारको उजुरीका आधारमा पुलिसले मृतकका श्रीमान् मोहम्मद समीरलाई पक्राउ गरेको छ। रिपोर्टका अनुसार मोहम्मद समीरले एक वर्षअघि चियारुगाच, फाँसीदेवाकी हाफिजा खातुनसँग विवाह गरेका थिए। पैसा ल्याउने भन्दै हाफिजालाई कुटपिट र यातना दिएको परिवारको आरोप छ। दुई दिनअघि पनि बाबुको घरबाट पैसा ल्याउन दबाब दिइयो। हाफिजाका बुबा मोहम्मद साइरुलले आफ्नी छोरीलाई कुटपिट गरी मारिएको र त्यसपछि शनिबार दिउँसो झुण्डाइएको दाबी गरेका छन्। सो उजुरीका आधारमा पुलिसले मोहम्मद समीरलाई पक्राउ गरेको हो। सोमबार समीरलाई सिलगढी उप-विभागीय अदालतमा पेश गरियो। घटनाका सम्बन्धमा फाँसीदेवा पुलिसले विस्तृत अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement