अरूको प्रतिभा देखेर जल्नेलाई आभार भन्नुपर्छ
त्यस्तो नीच मानसिकतालाई नैतिक हार भन्नुपर्छ
जल्ने जल्दै गरून् आफ्नो कर्तव्य छोड्नु हुँदैन
त्यसरी जल्नेलाई स्व उन्नतिको आधार भन्नुपर्छ
जल्छन्,खुट्टा तान्छन्,किनारीकृत गर्छन्,गर्न देऊ
त्यस्ता प्राणीको जीवनमा त्यति नै हो सार भन्नुपर्छ
ती प्राणी जहर हुन् साहित्य,संगीत र कला क्षेत्रको
वास्तै गर्नुहुन्न तिनलाई फगत पराल र झार भन्नुपर्छ
आफू पनि बज्दैनन्,अरूलाई पनि बज्न दिँदैनन् ती
बज्न नसक्ने र बज्न नदिएमा चुँडिएको तार भन्नुपर्छ








