डग स्क्वायडको साथमा बजार चौकहरुमा जाँच

0-1a-4ce0965d-8b04-4670-9d79-59fc78e0ec1c

कालचिनी: सोमबार ७५औँ स्वाधीनता दिवस सर्वत्र पालन हुने भएकोले जिल्ला पुलिसको तत्परतामा सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर नाका जाँच साथै बजार हाट र सार्वजनिक स्थानहरुमा डग स्क्वायडको साथमा जाँच चलिरहेको क्रममा आइतबार कालचिनी चौपति हेमिल्टनगञ्ज र हाँसीमारा साथै भारत भोटाङ सिमान्त जयगाउँ शहरमा पुलिसले निरीक्षण गरेको थियो। स्वाधीनता दिवसको पूर्वसन्ध्यामा नै प्रतिबन्धित संगठन केएलओ चीफ जीवन सिंहले भिडियो टेप जारी गर्दै पश्चिम बङ्गाल सरकार र प्रशासनलाई चेतावनी दिएकोले असम, भोटाङ, बङ्गाल, बङ्गलादेश र नेपाल सीमामा कड़ा सुरक्षा व्यवस्था सतर्कता जारी गरेको छ भने स्वाधीनता दिवसमा कुनै प्रकारको झमेला र कानुन श्रृंखलामाथि खलल उत्पन्न नहोस् भन्दै पुलिस प्रशासनको कड़ा नजरदारी बढ़ाएको प्रशासनिक स्रोतले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *