खरसाङ: खरसाङ नगरपालिकाले जनहित असुविधालाई ध्यानमा राखेर जनसाधारण हिँड्ने बाटोमा दोकान पाट लगाउनेहरूलाई हटाउने कार्य गर्न सूचना जारी गरिरहेको छ। यसको लागि नगरपालिकाद्वारा माईकिङद्वारा सूचना प्रसारण गर्ने कार्य गरिरहेका छन्। राज्य सरकारको निर्देश अनुसार जनसाधारण हिँड्ने बाटो एवं सरकारी जमीनमा दखल गरी दोकानपाट गर्ने एवं घर निर्माण गरिरहेकाहरूमा भत्काउने कार्य राज्यका अन्य नगरपालिकाले गरिरहेको छ भने खरसाङ नगरपालिकाले पनि प्रत्येक वार्ड एवं शहरभित्रका जताततै दोकानपाट लगाएर जनसाधारण हिँड्न नस्कने साथै कुनै पनि सरकारी जमीन दखल गरी दोकानपाट घर निर्माण गर्नेहरूमा सूचना नोटिस पोष्ट साथै ध्वनि प्रसारण मार्फत (माइकिड) गरेर समय दिएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले बताए अनुसार नगरपालिकाले समय दिएका छन्। यदि उनीहरूले जनसाधारण हिँड्ने बाटोमा दोकानपाट लगाउने र आफ्नो दोकान हुँदा हुँदै पनि दोकान बाहिरसम्म फैलाउने कार्य बन्द नगरे खरसाङ नगरपालिकामार्फत् सामानहरू जफ्त गरी जरिमाना लगाई कानुनी कार्वाही गरिने छन् भन्दै प्रचार-प्रसार गरिरहेको उनले बताएका छन्।