प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, दुई उपप्रधानसहित २१ मन्त्रीद्वारा पनि शपथ

IMG-20240715-WA0204
झापा: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराए। प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एकिकृत माले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई रविबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। कांग्रेस र एकिकृत मालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति जुलाई १मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिए। प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन्।
कांग्रेसबाट प्रकाशमान सिंह र एकिकृत मालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्। सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन्। कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ भने आरजु राणा परराष्ट्रमन्त्री बनेकी छिन। त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वन, तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप पौडेल स्वास्थ्यमन्त्री, बद्री पाण्डे पर्यटन र रामनाथ अधिकारी कृषिमन्त्री बने।
एकिकृत माले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन, मानवीर राई रक्षामन्त्री बनेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बनेका छन्। भण्डारी र अधिकारी उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सो जिम्मेवारीमा थिए। त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बनेका छन्। लोकतान्त्रिक समाजबादी पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री, जनता समाजबादी पार्टीबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement